धुलीखेल नगरपालिकाको सबै विवरण मोवाइल एप्समा

काठमाडौँ । स्थानीय निर्वाचनको झण्डै डेढ वर्षपछि काभ्रेको धुलिखेल नगरपालिकाले आफ्नो मोवाइल एप्स सञ्चालनमा ल्याएको छ ।

काठमाडौँको सोल्टी होटलमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एप्समा भएका विभिन्न शाखाका हटलाइन टेलिफोन नम्बरमध्ये सामाजिक विकास शाखा प्रमुख विदुर गौतमलाई फोन गरेर मोवाइल एप्सको उद्घाटन गरेका हुन् ।
उनले उद्घाटनपछि सबै स्थानीय तह प्रविधिको विकास र यसको भरपुर सदुपयोग तर्फ लाग्नुपर्नेमा जोड दिए ।

नगरपालिकाबाट पाइने सेवा, आवश्यक पर्ने डकुमेन्ट, नगरपालिकाको बजेट, कानुन, करका विवरण, उपलब्धी नगरपालिकाभित्र हुने गरेका गतिविधि सबै एप्समार्फत मोवाइलमा हेर्न पाइने धुलीखेल नगरपालिकाकी उपप्रमुख विमला शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?