कैद सजाय पाएका फरार अभियुक्त पक्राउ

राजविराज: बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई प्रहरीले आज पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । 

सप्तरी जिल्ला अदालतले फरार प्रतिवादी दासलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैदको फैसला सुनाइएको थियो । पक्राउ परेका उनलाई आजै जिल्ला कारागार राजविराजमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

विसं २०७२ भदौ १ गते राति १२ बजेको समयमा स्थानीय १२ वर्षीया बालिकालाई दासले जबर्जस्ती करणी गरी फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?