मुख्य सडकमा पुरूषको शव भेटियो

 कठमाडौँ । वीरगञ्ज महानगरपालिकाको मुख्य सडकमै एक अधवैशे पुरुष मृत फेला परेका छन् ।

महानगरपालिका ३ छपकैया आदर्शटोल घर भएका ४० वर्षीय सुनिलाल साह कानु मृत भेटिएका हुन् ।

वीरगन्ज महानगरपालिका २ छपकैयास्थित प्रहरी बिट नजिकै सडक पेटीमा शुक्रबार बिहान साहको शव भेटिएको हो ।

खाली पेटमा अत्याधिक मादक पदार्थ सेवा गरी रातभरी सडक पेटिमै सुतेकोले उनको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले मृतक व्यक्तिलले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको कुरा आएपनि पोष्टमार्टम रिपोर्टबाटै मृत्युको कारण खुल्ने बताए । मृतकको साथमा मदिराका २ वटा खाली बोत्तलहरुसमेत फेला परेको प्रहरीले जनाएको छ ।

परिवारका  अनुसार उनको  मानसिकस्थिति कमजोर भएका कारण उनी बाहिरै रहँदै आएका थिए । उपचारका लागि लैजान खोज्दा नमान्ने परिवारको दावी छ ।

शव पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?