देउवाको गृहपालिका गन्यापधुरामा कांग्रेसले जोगायो साख

लोकपथ
1.1k
Shares

डडेलधुरा । जिल्लाको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरामा कांग्रेसबाट गाउँपालिका प्रमुख र उपप्रमुखमा जित हासिल गरेका हुन् ।

केहीबेर अघि प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसबाट उम्मेदवार बनेका ईन्द्र कार्कीले ३ हजार १ सय ८४ मतसहित अध्यक्ष र ३ हजार १३ मतसहित ज्ञानु सेठीले उपाध्यक्षमा जित हासिल गरेका हुन् ।
नवनिर्वाचित गाउँपालिका प्रमुख कार्कीका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेस वीपीबाट उम्मेदवार बनेका सुरेन्द्र मालीले १ हजार ७ सय ३ मत ल्याएका थिए । भने उपाध्यक्षमा सेठीको प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार इन्द्र महराले १ हजार ७ मत ल्याउँदै पराजित भएका हुन् । एमालेको साथ पाएको वीपी कांग्रेसले विभिन्न वडामा जित हासिल गरे पनि पालिकामा भने जित हासिल गर्न सकेन ।

देउवाको गृह जिल्लामा पार्टीभित्रको कलहको कारण कांग्रेसले जित हासिल गर्न नसक्ने आँकलन गरिएको थियो । पालिका जित हासिल गरे पनि सभापति देउवाले मतदान गरेको वडा नं १ मा भने वीपी काग्रेसले क्लीन स्वीप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?