भरतपुर अपडेट : सुवेदी भन्दा दाहाल २० मतले अगाडी, कति ल्याए जगन्नाथले ?

लोकपथ
11.1k
Shares

चितवन । जिल्लाको भरतपुर महानगरपालिका गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता कायम गरेकी छिन् ।

केहीबेर प्राप्त जानकारी अनुसार ७०० मतको गणना हुँदा दाहालले २७८ मत प्राप्त गरेकी छिन् । भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी गठबन्धनमा असन्तुष्ट जनाउँदै उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ९४ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा चित्रसेन अधिकारी (कांग्रेस)ले ३१७ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १९९ मत पाएकी छन् ।

हाल निर्वाचनको मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?