विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम गरेका छन् ।
केहीबेर अघि प्राप्त जानकारी अनुसार गठबन्धनका उम्मेदवार कोइरालाले १ हजार ८० मत प्राप्त गरेका छन् । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी सागर थापाले ७४४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी गठबन्धनबाट मेयरमा उम्मेदवार अरमेन्द्र यादवले २७७ मत प्राप्त गरेका छन् । भने एमालेबाट उपमेयरको उम्मेदवार शिल्पा कोइरालाले ८५३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया