काठमाडौं महानगर : मेयरमा बालेन र उपमेयर डंगोलको अग्रता

लोकपथ
7
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।

महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन साहले स्वतन्त्रबाट ४०२, सिर्जना सिंह (कांग्रेस) २०२, केशव स्थापित (एमाले( ३१९ पाएका छन् ।

उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२०मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन् ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना जारी रहेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार बनेका मदनकृष्ण श्रेष्ठले ५३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?