चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार विजय सुवेदीलाई उछिनेकी छिन् ।
सुरुवाती अग्रता कायम गर्दै अघि लागेका सुवेदीलाई दाहालले ६ मतले अघि लागेकी हुन् ।
लोकपथलाई प्राप्त जानकारी अनुसार हालसम्म ३५० मत गणना भएकोृ छ । जसमा दाहालले १३३ मत प्राप्त गरेकी छिन् । भने उनका निकटतम प्रतिद्धन्दी सुवेदीले १२७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी गठबन्धनबाट असन्तुष्ट हुँदै बागी उम्मेदवारी दिएका जिगन्थान पौडेलले ४१ मत मात्र प्राप्त गरेका छन् ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया