विराटनगर महानगर अपडेट : एमाले भन्दा गठबन्धन १३८ मतले अगाडी

लोकपथ
315
Shares

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धन (नेपाली कांग्रेस) का उम्मेदवारले १३८ मतले अग्रता कायम गरेका छन् ।

गठबन्धनका उम्मेदवार नागेश कोइरालाले ४८३ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी सागर थापाले ३४५ मत प्राप्त गरेका छन् । तर उपमेयरमा भने गठबन्धनका उम्मेदवारलाई एमालेको उम्मेदवारले १६२ मतले पछि पारेका छन् ।

एमालेकी उम्मेदवार शिल्पा कार्कीले ४०५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवले २४३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा ८५ र उपमेयरमा ९६ मत प्राप्त भएको छ । भने स्वतन्त्रबाट मेयरमा १०४ र उपमेयरमा २६ मत प्राप्त भएको छ ।

हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?