पोखरा । देशभर ६ महानगरपालिकामध्ये पोखरा महानगरपालिकामा सबैभन्दा ढिला मतगणना सुरु भएको छ ।
केहीबेरअघि पोखराको राष्ट्रियसभामा २ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरू भएको हो । दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पोखराको वडा नम्बर १२ बाट गणना थालिएको छ । यहाँकाआठ ठाउँबाट गन्न सुरु गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया