देउवाको वडामा कांग्रेस पराजित

लोकपथ
581
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा नै नेपाली कांग्रेस पराजित भएको छ ।

केहिबेर अघि प्राप्त नतिजा अनुसार देउवाले मतदान गरेको डडेलधुराको गन्यापधुरा वडा नं १ बाट नेपाली कांग्रेस वीपीका उम्मेदवारले प्यानलसहित विजयी हासिल गरेको छ ।

देउवाको वडामा रहेको रुवाखोलमा नेपाली कांग्रेस डडेलधुराका पूर्व सभापति समेत रहेका कर्ण मल्लको समर्थनमा वीपी कांग्रेसबाट नरेश भण्डारीले जित हासिल गरेका छन् ।

भण्डारीले ६७३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्धन्दी चन्द्रबहादुर देउवा ५४४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?