काठमाडौं महानगरको एकैसाथ ३ वडाको मतगणना हुँदै

लोकपथ
1.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा तीन वडाको मतगणना थालिएको छ ।

सुरुमा काठमाडौं महानगरपालिका वडा नं १ र ३२ मतगणना गरिएकोमा हाल वडा नं २ को समेत मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको थियो ।

मतगणनामा ढिलाइ भएसँगै मतगणनास्थल थप गरि गणनालाई तीव्रता दिइएको हो ।

जारी मतगणनामा महानगरको स्वतन्त्रबाट मेयरको उम्मेदवार बनेका बालेन साहले सुरुवाती अग्रता कायमै राखेका छन् । हालसम्म उनले २९७ मत प्राप्त गरेका छन् । त्यस्तै उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पच्छ्याइरहेका छन् । स्थापितले हाल १९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै १४७ मतसहित गठबन्धनकी उम्मेदवार सिर्जना सिंह तेस्रो भएकी छिन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा मतदान जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?