डोल्पा । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा विजयी सुरुवात गरेको छ ।
डोल्पाको गजदुल्ला गाउँपालिकाको प्रमुख पदमा जित हासिल गर्दै खाता खोलेको हो।
केहीबेर अघि प्राप्त नतिजा अनुसार माओवादी केन्द्रबाट उम्मेदवार बनेका नारासिंह रोकाया प्रमुखमा निर्वाचित भएका हुन् । उनले ७७० मत प्राप्त गर्दै जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्धन्दी एमाले उम्मेदवार हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर दोस्रो बनेका हुन् ।
त्यस्तै उपाध्यक्षमा माओवादीकी अमरिता बोहरा ७५९ मतका साथ विजयी हुँदा एमालेबाट उपाध्यक्ष बनेकी चन्द्रावती थापा पराजित भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया