यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान गरेको छ ।  

महाशाखाले शुक्रबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै  रातको समयमा देशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

शनिवार दिउँसो र राति देशभर भने सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको पनि मशाखाले जनाएको छ। त्यस्तै दिउँसो र रातको  समयमा मध्य र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?