हेटौँडामा एकीकृत समाजवादीको अग्रता कायमै, पछिपछि एमाले

लोकपथ
1.1k
Shares

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहानदेखि जारी मतगणनाअनुसार ९०४ मत गन्दा गठबन्धनको तर्फबाट एकीकृत समाजादीकी मेयरकी उम्मेदवार मीना कुमारी लामाको २८३ मत प्रापत भएको छ । उनको अग्रता कायमै छ ।

यस्तै उनलाई एमालेका उम्मेदवार अनन्त पौडेलले २७३ मतका साथ पछ्याइरहेका छन् । यस्तै राप्रपाका दीपक बहादुर सिंहले १२४ मत पाएका छन् ।

उपमेयरतर्फत गठबन्धनका राजेश बानियाँले ४१८, एमालेकी सुमित्रा काफ्लेले ३१९ र राप्रपाका इन्दिरा डल्लाकोटी ६१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?