विराटनगर महानगर : मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता

लोकपथ
897
Shares

काठमाडौं । विराटनगर महानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम गरेका छन् ।

लोकपथलाई प्राप्त जानकारी अनुसार यो समाचार तयार पार्दासम्म कोइरालाले २५० मत प्राप्त गरेका छन् । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी सागर थापाले १७१ मत प्राप्त गरेका छन् ।

यता उपमेयर तर्फ भने एमालेका उम्मेदवार शिल्पा कार्कीले अग्रता कायम गरेकी छिन् । प्राप्त जानकारी अनुसार गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले ९७ मत प्राप्त गरेका छन् भने एमालेबाट उम्मेदवार बनेकी शिल्पा कार्कीले १९४ मत प्राप्त गरेकी छिन् ।

मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?