काठमाडौं : सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनका लागि आज संसदीय सुनुवाई विशेष समितिको बैठक बस्ने भएको छ ।
अघिल्लो बिहीबार संसदीय सुनुवाई सकिएपनि जोशीका विषयमा विभिन्न विवाद रहेकाले थप छलफल आवश्यकता भएको भन्दे निर्णय हुन सकेको छैन । गत शुक्रबार, आइतबार र सोमबार समितिको बैठक स्थगित भएको थियो । तर, पछिल्ला बैठकहरुमा सत्तारुढ र प्रतिपक्ष दुबै दलका सांसद्हरुले पार्टीभित्र आन्तरिक परामर्शका लागि बैठक सारिएको बताउँदै आएका छन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोशीको विपक्षमा उभिएको छ। भने, प्रतिपक्ष दल कांग्रेस जोशीको पक्षमा छ।
संसदीय सुनुवाई विशेष समितिका सदस्यमाथि सुरक्षा चुनौति थपिएको भन्दै नीजि सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ । समिति सदस्य निरुदेवी पालमाथि आक्रमणको चेतावनी दिइएपछि सुनुवाई थप पेचिलो बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया