जाजरकोट : स्थानीय बारेकोट र कुशे गाउँपालिकाको वनक्षेत्र तथा वन्यजन्तु संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग छलफल गरिएको छ ।
जिल्लामै पर्याप्त वनजंगल रहेका यी दुई गाउँपालिकामा पछिल्लो समय वन विनास, चोरी शिकारीलगायतका कार्य बढ्न थालेपछि यी गाउँपालिकाका विभिन्न जंगललाई समेटेर संरक्षित क्षेत्र बनाउने विषयमा बहस तीव्र हुन थालेको हो ।
अहिले यी विषयमा प्रारम्भिक छलफल भएको र साझेदारीका लागि सहमति नजिक पुगेको समेत उनको भनाइ थियो ।
छलफलमा स्थानीय तहका तर्फबाट अध्यक्ष शाहलगायत कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, कांग्रेस नेता बेदराज सिंह, पत्रकारद्वय हरिहरसिंह राठौर तथा सुरेन्द्र सिंहलगायतको सहभागिता थियो भने कोषका तर्फबाट कोष सञ्चालक समितिका सदस्य– सचिव गोविन्द गजुरेल, कार्यकारी निर्देशक दीपककुमार सिंह, कार्यक्रम निर्देशक सरिता ज्ञवालीलगायतका व्यक्ति सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया