फरार राज्यमन्त्री र जलेश्वरका मेयरलाई पक्राउ गर्न उच्च अदालतको आदेश

महोत्तरी : उच्च अदालत जनकपुरले प्रदेश  २ का सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको छ ।
२०७२ भदौमा हत्या गरिएका सशस्त्र प्रहरीका सहाक निरीक्षक थमन विककी पत्नी शोभा गहतराजले दायर गरेको रिटमा सुनुवाई गर्दै माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले शर्मा र जलेश्वर नगरपालिकाका मेयर शंकर साहीसहित प्रतिवादीहरुलाई अविलम्ब पक्राउ गर्न आदेश दिएको हो। 

साउन १५ गते उच्च अदालतले यस्तो परमादेश जारी गरे पनि प्रहरीले दुवैलाई पक्राउ गरिसकेको छैन। 

फरार प्रतिवादीमध्ये अभिराम शर्मा प्रदेश सांसद हुँदै राज्यमन्त्री बनेका छन् भने कौशलकुमार यादव प्रदेशसभा सदस्य र शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर छन् ।

महोत्तरी प्रहरीका अनुसार २८ जना हालसम्म फरार छन् ।

 
हिजोमात्र अदालतमा निर्णय भएकाले अलि गम्भीर भएर पार्टीनै बसेर यसमा एउटा उपयुक्त निर्णय गर्ने राजपाका अध्यक्ष मण्डलका नेता एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवको भनाइ छ । 
अब अदालतले नै निर्णय गरिसकेपछि पार्टीले यसमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता रहेको उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?