कांग्रेसले अल्झाए जोशीविरुद्ध महाअभियोग, प्रधानमन्त्री पनि असन्तुष्ट

काठमाडौँ – सत्तारूढ नेकपाका सांसदहरूले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् ।

संसदीय सुनुवाइ समितिको बैठक पटक–पटक सरिरहेको र समितिभित्रको दुई तिहाइ मतलाई कांग्रेसले बन्धक बनाइरहेको उनीहरूको निष्कर्ष छ । सर्वसम्मत निर्णय गर्ने भन्दै समिति बैठक तीनपल्ट सरिसकेको छ । शुक्रबार पनि बैठक बोलाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
‘संसद्को प्रक्रियामा प्रवेश गर्न कांग्रेसले मानिरहेको छैन, समितिमा छलफलै गर्न नपाउने अवस्था छ, यो ठीक छैन,’ सुनुवाइ समिति सदस्य एवं नेकपाका सांसद सुमन प्याकुरेलले भने, ‘शुक्रबारको बैठक पनि यस्तै भयो भने जोशीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउनुपर्छ, पार्टीले यसतर्फ प्रक्रिया थाल्नुपर्छ ।’

समितिको प्रक्रियामा अवरोध भइरहेको भन्दै प्रधानमन्त्री केपी ओलीले पनि असन्तुष्टि जनाएका छन् । उनले संसदीय समितिमा छलफल गर्नै नहुने जस्तो गरी अवरोध गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?