भरतपुर महानगरमा आधा घण्टामा मतगणना सुरु हुने

लोकपथ
195
Shares

चितवन । सबैभन्दा चासोको रुपमा हेरिएको जिल्लाको भरतपुर महानगरपालिकाको मतगणना केहि बेरमा सुरु हुँदैछ ।

सबै प्रक्रियाहरु पूरा गरि केहि बेरमा मतगणना सुरु गरिने भतरपुरका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले लोकपथलाई जानकारी दिए ।

यसअघि सर्वदलीय बैठक बसिसकेको र केहि प्रक्रिया पूरा गरि करिब आधा घण्टापछि मतगणना सुरु हुने उनले बताए ।

लोकपथलाई जानकारी दिँदै अधिकारीले भने, ‘सबै प्रक्रियाहरु पूरा भइसकेको छ । अबको करिब आधा घण्टामा मतगणना सुरु हुन्छ ।’

भरतपुरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेणु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी र गठबन्धनको बागी उम्मेदवारको रुपमा कांग्रेस नेता जगन्नाथ पौडेल उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?