सप्तकोशी डेभलपमेन्ट बैंकको बैंकिङ सेवा अब आइतबार पनि

लोकपथ
195
Shares

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आइतबार पनि बैंकिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार संचालन हुने शाखाहरुमा बैंकले बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म सेवा प्रदान गर्नेछ । नेपाल सरकारले हप्तामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरे पश्चात आइतबार पनि बैंकिङ सेवा दिने सप्तकोशी डेभलपमेन्ट बैंक नेपालका बैंकहरुमा नै पहिलो बैंक रहेको जानकारी समेत बैंकले दिएको छ ।

यसअन्तर्गत हाल बैंकले प्रदेश नं.१ मा रहेका आफ्ना ३५ शाखाहरु मध्ये १३ शाखाहरु (मेनरोड विराटनगर, टंकीसुनवरी, इलाम, रंगेली, उर्लावारी, बिराटचोक, विर्तामोड, इटहरी, धरान, धनकुटा, बसन्तपुर, दमक र पुष्पलाल चोक) बाट यही जेष्ठ १ गतेदेखि नै सेवा प्रदान गर्ने छ र आगामी दिनमा बजारको आवश्यकता र ग्राहकको माग बमोजिम आइतबार संचालन हुने शाखा संख्या बढाउदैँ लैजाने नीति बैंकले लिएको छ ।

बैंकको यस थप सेवाले ग्राहकवर्गमा सुविधा पुग्न जाने र आइतबार संचालन हुने बजारलाई केही हदसम्म भएपनि बैंकिङ आवश्यकताको परिपूर्ति हुने जनाएको छ । साथै बैंकको यस प्रकारको सेवाले बैंक र जनताबीचको सम्बन्ध र विश्वास अझ प्रगाढ हुदैँ जाने तथा व्यवसाय विस्तारमा सहयोग हुने बिश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?