१२ जेष्ठ २०७९, बिहीवार

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९,बैशाख,३१,शनिवार ११:३३

135
Shares

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ६० वर्षीया आइतमाया सार्की रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । तीन जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल हिजो साँझ सवा ५ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।

प्रकाशित मिति: २०७९,बैशाख,३१,शनिवार ११:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बारा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रममा सहभागी भएर चैते धानखेती गरेका ठोरीका किसानको धानमा दाना नलाग्दा

काठमाडौं । महिला नेताहरूदेखि अधिकारकर्मीहरूसम्मले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन सरकारलाई दबाब दिइरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हदम्याद हटाएर

भैरहवा । महिन्द्राले एसपी प्लस ट्याक्टरको सिरिज सार्वजनिक गर्दै विक्रीवितरण सुरु गरेको छ । महिन्द्रा ट्याक्टरको विक्रेता भैरहवास्थित अम्बु मार्केटिङले

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ भने

ताजा समाचार

रोमालाई युरोपा कन्फरेन्स लिगको उपाधि
 २०७९,जेष्ठ,१२,बिहीवार ११:४५
अस्वस्थ भएपछि ओलीले बसेरै गरे सम्बोधन
 २०७९,जेष्ठ,१२,बिहीवार ११:४०
फ्रेन्च ओपन : नाडाल तेस्रो चरणमा
 २०७९,जेष्ठ,१२,बिहीवार ११:३४
तालमेलप्रति असन्तुष्ट यादवसँग ओली भेट
 २०७९,जेष्ठ,१२,बिहीवार ११:२१
धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित
 २०७९,जेष्ठ,१२,बिहीवार ११:१९