काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको देशभर मतगणना जारी रहेको छ ।
जारी मतगणना अनुसार कतिपय वडा तथा पालिकाहरुको अन्तिम परिणाम नै आइसकेको छ । जारी मतगणनामा धेरै स्थानमा नेपाली कांग्रेसको अग्रता देखिएको छ । भने कांग्रेसलाई नेकपा एमालेले पच्छ्याइरहेको छ । यो समाचार तयार पार्दासम्म
मतगणना जारी रहेको २१३ स्थानमध्ये नेपाली कांग्रेसले देशका विभिन्न १०४ स्थानीय तहमा अग्रता कायम गरेको छ । भने २ स्थानमा जित हासिल गरेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसले उपमेयर तथा उपाध्यक्षमा गरी ७६ स्थानीय तहमा अग्रता कायम गरेकोछ । त्यस्तै उपमेयर र उपाध्यक्षमा जित हासिल गरेको छ ।
त्यसैगरी दोस्रो स्थानमा रहेको नेकपा एमालेले ५८ पालिकामा अग्रता कायम गरेको छ । जसमध्ये ३ स्थानीय तहमा भने जित हासिल गरिसकेको छ । भने ६६ उपमेयर तथा उपाध्यक्षले अग्रता कायम गरिसकेका छन् ।
प्राप्त जानकारी अनुसार कांग्रेस, एमालेपछि नेकपा माओवादी केन्द्रले तेस्रो स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले ३२ स्थानीय तहमा मेयर र अध्यक्षमा अग्रता कायम गरेको छ । भने ४० स्थानमा उपमेयर तथा उपाध्यक्षमा अग्रता कायम गरेको जानकारी प्राप्त हुन आएको छ ।
त्यस्तै देशभरबाट चौँथो र पाँचौँ स्थानमा जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीले अग्रता कायम गरेका छन् । हालसम्म जसपाले ४ र एकीकृत समाजवादीले ३ स्थानमा मेयर तथा अध्यक्षमा अग्रता कायम गरेको छ । भने एकीकृत समाजवादीले
२ स्थानमा भने विजय हासिल गरेको छ ।
देशभरको मतपरिणाम आउने क्रम जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानका ७७ मतदान केन्द्रमा भने पुनः मतदान हुने छ ।
देशभरबाट सबैभन्दा चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना केहीबेर अघि सुरु भएको छ । भने भरतपुर र पोखरा महानगरपालिकाको मतगणना केहीबेरमा सुरु हुने बताइएको छ ।