सोलु झडपमा घाइते भएका सुदिपको मृत्यु

लोकपथ
390
Shares

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकामा शुक्रबार भएको मतदानपछि झडप हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ भएको घटनामा घाइते भएका माओवादी केन्द्रका कार्यकर्ता ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोताङ वडा नम्बर ३ मा भोट खसाल्न आएकी वृद्धा महिलाको मतदानलगत्तै मृत्यु भएपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो।

घटनामा संलग्न तीन जना कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?