नेपाल कम्युनिष्ट पार्टीकी प्रतिनिधि सभा सदस्य निरूदेवी पालको घटनामा अनुसन्धान गर्न खटेको प्रहरी टोलीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ।
घटनामा अनुसन्धान गर्न उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिएकाहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।
अनुसन्धानका लागि शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।
यस घटनाले काठमाडौँको सुरक्षा व्यवस्थापनमा प्रश्न चिह्न खडा गरिदिएको भन्दै काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल आफैं खटिएका छन्।
संसदीय सुनुवाइ समितिकी सदस्यसमेत रहेकी पाललाई मंगलबार राति बानेश्वरमा एक जना अपरिचितले पेस्तोल ताक्दै बुधबारको समितिको बैठकमा सहभागी भए मारिदिने धम्की दिएका हुन्।
सांसद पालले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग बिहिबारको बैठकमा माग गरेकी थिइन्।
लगत्तै सरकारले घटनाको अनुसन्धान गर्नको लागि निर्देशन दिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया