भरतपुर महानगरपालिका : बिहान ८ बजेदेखि मतगणना सुरु हुँदै

काठमाडौ । निकै चर्चा र चासोको साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ । मतपेटिका संकलनपछि बसेको सर्वदलीय बैठकले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको हो ।

भरतपुर महानगरमा शुक्रबार सम्पन्न मतदानपछि विभिन्न मतदान केन्द्रबाट ३७१ वटा मतपेटिका संकलन भएका छन् । ती मतपेटिकाहरु कोठामा राखी सो कोठाका सबै झ्लाय ढोका बन्द गरी सो कोठाको मूल ढोका समेत बन्द गरी निर्वाचनको अधिकृतले तालला लगाइ लाहा छाप लगाइएको मुचुल्का तयार गरिएको छ ।

भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी मैदानमा छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अन्तिम समयसम्म उम्मेदवारी फिर्ता नलिएपछि त्यहा आउने मतपरिणामबारे सबैको चासो रहेको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?