गोलाप्रथाबाट वडाध्यक्षमा विजयी भए एमालेका उम्मेदवार

लोकपथ
14.7k
Shares

काठमाडौ । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् ।

निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३० मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा कैले गुरुङ विजयी भएका हुन् । गुरुङ यसअघि पनि सोही वडाका अध्यक्ष थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?