मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितको खाता खोलेको छ । निर्वाचनको मतगणनाअनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् ।

कोन्जो १ सय ५८ मत ल्याएर विजयी भएका हुन् भने निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १ सय ११ मत ल्याएर पराजित भए ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?