निर्मला मृत्यु प्रकरणमा दुईजना पक्राउ

काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा  प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ ।

उजुरीको आधारमा प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका मोहन्याल ५ का २२ ववर्षका जीवन घर्तीमगर र १७ वर्षका दीपक नेगीलाई पक्राउ गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलले  यस घटनाको विषयमा बिहीबार संसदमा जानकारी गराउँदै मन्त्री थापाले पोष्टमार्टम रिपोर्टमा बालिकाको घाँटी थिचेर हत्या भएको पाइएको बताए ।

 सरस्वती माध्यमिक विद्यालयमा १० कक्षामा पढ्ने निर्मला ट्युसन पढ्न गएको र निकै समय घर नफर्किएपछि परिवारले त्यसै दिन राति १० बजे प्रहरीलाई खबर गरेका हुन् ।

 उनको शव उखुबारीमा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?