राप्रपा चुनावको लागि यस्तो तयारीमा

काठमाडौं, २८ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही असोज ३० र ३१ गते ललितपुरको गोदावरीमा दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।नजिकिँदो प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कार्यक्रममा देशभरका ५० बढी नेताहरुलाई प्रशिक्षण दिइने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।उनका अनुसार कार्यक्रममा अध्यक्ष कमल थापाले प्रशिक्षण दिनेछन् । प्रशिक्षित नेताहरुलाई लगत्तै ७७ ओटै जिल्लामा परिचालन गरिने पनि पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?