राप्रपाले घोषणा गर्यो राष्ट्रव्यापी आन्दोलन

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय परिषदले राष्ट्रव्यापी आन्दोलनको घोषणा गरेको छ ।

पार्टीका सबै तहका कार्य समिति, विभाग तथा अन्य समितिहरु पनि उक्त आन्दोलनको आन्तरिक तयारीमा जुटिसकेको भन्दै नवगठित विभागको बैठकले आगामी फागुन ७ गतेका दिन देखि राष्ट्रव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो ।

 प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा आगामी आन्दोलनलाई लक्षित गरेर देहाय बमोजिमको ६ महिने कार्य योजना पारित गरेको छ ।

यस्ता छन् बैठकले पारित गरेका ६ महिने कार्य योजनाहरु 
१. पार्टीसँग आवद्ध १९ वटै संयोजित संगठनहरुको रिक्त पदाधिकारीहरुको मनोनयन अविलम्ब गर्ने ।
२. संयोजित संगठनहरुको ७७ वटै जिल्लामा जिल्ला समितिहरु गठन गर्ने ।
३. उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहका वडाहरुमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको इकाइहरु आगामी २ महिना भित्रमा गठन गर्ने ।
४. संयोजित संगठनहरुको वर्गीय चरित्र बमोजिमको प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश तथा जिल्ला तहसम्म व्यापक रुपमा सञ्चालन गर्ने ।
 

                                       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?