काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि दक्षिण कोरीयाका राजदुत पार्क योङ सिकले आज शिष्टचार भेटवार्ता गरेका छन् ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरीया द्विीपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले पछिल्लो समय दक्षिण कोरीया र उत्तर कोरीयाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले समग्र विश्वमै शन्ति कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले दक्षिण कोरीयामा नेपालीहरुलाई रोजगारीको अवसर दिएकोमा राजदुतलाई धन्यवाद व्यक्त गर्दै त्यहाँ कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग छलफल गरे ।
भेटमा राजदुत सिकले नेपालको प्रवेशाज्ञा प्रक्रिया केही झन्झटिलो रहेको कारण यहाँ कोरीयालीहरु लगानी गर्न आउँदा केही समस्या रहेको बताएपछि गृहमन्त्री थापाले त्यसबारे खोजअनुसन्धान गरेर तत्कालै त्यसमा सुधार गरीने जवाफ दिए ।
राजदुत सिकले नेपालमा उर्जा, पर्यटन लगायतका क्षेत्रमा कोरीयाली कम्पनीले लगानी गरीरहेको भन्दै त्यसमा थप लगानी गर्न कोरीया तयार रहेको बताए ।
उनले हाल ३५ हजार नेपाली दक्षिण कोरीयामा कार्यरत रहेको र २० हजारले कार्य अवधि समाप्त गरी नेपाल फर्किसकेको जानकारी दिँदै कोरीयामा कार्यरत नेपालीहरुको हितको विषयमा आफू संवेदनशील रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया