गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएपछि कांग्रेसद्वारा संसद बहिस्कार !

नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेको छ।

प्रमुख प्रतिपक्षी कांग्रेसले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्नउत्तर नराखेका कारण संसद बैठक बहिस्कार गरेको हो ।  

सुरुमा कांग्रेस सांसदहरुले प्रश्नउत्तर माग्दा सभामुखले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि आफ्ना कुरा राख्न भनेका थिए ।

सभामुखले आजका लागि समय दिन सकिनँ भनेर जनाउ गरेपछि कांग्रेस सांसदहरु बैठकबाट बाहिरिएका हुन् । 

यद्यपी पछि अरु विषयमा छलफल हुन थालेपछि  कांग्रेस सांसदहरुले प्रश्न उत्तरको माग गरिरहे ।

सभामुखले आजका लागि समय दिन सकिनँ भनेर जनाउ गरेपछि कांग्रेस सांसदहरु बैठकबाट बाहिरिएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?