म्यानचेस्टर सिटीले गर्यो पूर्व खेलाडी अग्युरोको सालिक स्थापना

लोकपथ
403
Shares

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदान इत्तिहाद रंगशालामा पूर्व खेलाडी सर्जियो अग्युरोको सालिक स्थापना गरेको छ ।

शुक्रबार अर्जेन्टिनी स्टार अग्युरोले सन् २०१२ मा प्रिमियर लिगको उपाधि जिताउने क्रममा सिटीबाट इन्जुरी समयमा विजयी गोल गरेको १० वर्ष पुगेको उपलक्ष्यमा सिटीले सालिक अनावरण गरेको हो ।

सन् २०१२ मा प्रिमियर लिगको अन्तिम खेलमा सिटीले क्विन पार्क रेन्जर्सलाई ३–२ ले हराउँदा अग्युरोले तेस्रो तथा निर्णायक गोल गरेका थिए ।

अग्विरोले सिटीबाट प्रिमियर लिगमा २२७ खेल खेल्दा १८४ गोल र ४७ असिस्ट गरेका थिए ।

अग्युरो यसै सिजनको सुरुआतमा स्पेनिस क्लब बार्सिलोना अनुबन्धित भए पनि मुटुको समस्याका कारण उनले फुटबलबाटै सन्यास लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?