चितुवाको छाला सहित तीन जना प्रहरीको हिरासतमा

काठमाडौं: चितुवाको छाला ओसारपसार तथा खरिद बिक्रीमा संलग्न  भएका  तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 
 
बागलुङ तमानखोला गाउँपालिका ६ का झलक छत्याल, देवेन्द्र रसाइली र ज्ञानेन्द्र सेन्चुरी पक्राउ परेका हुन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र क्षेत्रीय अनुसन्धान समूह पोखराको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चितुवाको छालासहित बुधबार पोखरा लेखनाथ महानगरपालिका ७ स्थित अन्नपूर्ण टोलबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले दुई थान चितुवाको छाला बरामद गरेको छ । 

 वन कार्यालयले उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धि १९७५ विरुद्धको अपराध अन्तर्गत मुद्दा चलाएको छ। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?