म डराउने मान्छे होइन : निरुदेवी पाल

काठमाडौं । सांसद निरुदेवी पालले साउन १५ गते सांझ दुध किनेर फर्कदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सबैलाई सुरक्षाको प्रत्याभुति गराउन सरकारसंग माग गरिन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद पालले आपूुमाथि भएको घटनाले सदनलाई जानकारी गराउँदै त्यसको समग्र मुुलुकभरको सुरक्षा चुनौतीलाई देखाएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

पेस्तोल देखाउँदैमा आफू नडराउने भन्दै उनले भनिन् “निरुपाल लाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउँछ कि भन्ने कसैले सपना देखेको हो भने त्यो दिवा सपना मात्रै हुनेछ । निरुपाल धम्कीले धम्कीने वाला छैन  । म त २०१४ मै मरिसकेको मान्छे । हालका प्रधानमन्त्री र राष्ट्रपति हुनुहँुदैनथ्यो भने म त्यति बेलै मरिसकेको मान्छे । मेरो त यो नाफाको जिन्दगी हो । मेरो अन्तिम सास रहनेबेला सम्म म लडिरहनेछु । म पेस्तोल देखाउँदैमा डराउने मान्छे होइन । ”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?