विश्वको सर्वच्च सिखर सगरमाथाको उचाइ फेरि नापिने

काठमाडौं : न्यूजील्याण्ड सरकारको सहयोगमा  विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ फेरि नापिने भएको छ । 
न्यूजील्याण्डको परराष्ट्र तथा व्यापार मन्त्रालयले नेपाल सरकार अन्तर्गतको नापी विभागसँग चार सातासम्म मिलेर काम गरिरहेका न्यूजील्याण्डका भूगणितिज्ञ डाक्टर क्रिस पियर्सनलाई सहयोग गरिरहेको छ ।
एक विज्ञप्तीमा डाक्टर पियर्सनको सहयोगमा सगरमाथाको उचाइ फेरि नाप्ने क्रममा पहिलो चरणको योजना बनाउन र तथ्यांक संकलनको काम भइरहेको उल्लेख गरिएको छ । 

२०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पको कारण सगरमाथाको उचाइ ३ सेन्टिमिटरसम्म कम हुन सक्ने धेरै भूगर्भविद्हरुको अनुमान छ । 

नापी विभागले पनि सगरमाथाको सफल आरोहण गरिएको ६५ वर्ष पुगेको उपलक्ष्यमा दुई वर्ष भित्रमा सगरमाथाको उचाइ फेरि नाप्ने योजनाअनुसार परियोजना सुरु गरेको थियो ।
अहिले आधिकारिक रुपमा सगरमाथाको  उचाइ ८ हजार ८ सय ४८ मिटर छ तर अब आधुनिक ग्लोबल पोजिसनिङ सिस्टम रिसिभरलाई सगरमाथाको टुप्पोमा लगेर उचाइ नापिने छ ।
 

सन् २०१९ को मध्यसम्ममा यो परियोजना  सकिने लक्ष्य लिइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?