भोट हाल्न गएका माधवकुमार नेपालमाथि दुर्व्यवहार, चोर भन्दै लगाए नारा

लोकपथ
28.7k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ । मतदान गर्न रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा पुगेका बेला मतदाताले दुर्व्यवहार गरेका हुन् ।

मतदान केन्द्रमा रहेका मतदाताले नेपाललाई चोर भन्दै नारा लगाएपछि केहीसमय अवस्था तनावग्रस्त भएको थियो । नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?