पोखरा –पोखरा महानगरपालिकाका जिन्सी शाखा प्रमुख चूडामणि तिवारीको मृत्यु भएको छ । विहिबार विहान ३ बजे तिवारीको मृत्यु भएको हो ।
केही समय देखि दमको बिरामी रहेका तिवारीको दमकै कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्याङजाको स्वरेक पकान स्थायि घर भएका तिवारी विगत २५ बर्ष देखि पोखरा महानगरपालिकामा कार्यरत थिए ।
मिलनसार र सहयोगी कर्मचारीको रुपमा परिचित तिवारीको निधनको खबरले आफूहरु मर्माहत भएको महानगरका लेखापाल तोरण कुँवरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया