काठमाडौं : चीनको राजधानी बेर्इजिङमा अाजदेखि नेपाली खाना महोत्सव शुरू भएको छ । चीनको बेर्इजिङस्थित नेपाली दुतावासले महोत्सव अायोजना गरेको हो ।
नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६३ बर्ष पुगेको अवसरमा बेर्इजिङमाा नेपाली खाना महोत्सव अायोजना गरिएको हो । सन् १९५५ अगस्ट १ तारिखका दिन नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
खाना महोत्सवको उद्घाटन गर्दै चीनका लागि नेपाली राजदुत लिलामणि पाैड्यालले नेपाल र चीनबीचको कुटनीतिक सम्बन्धकलार्इ थप उचार्इमा पु-याउन यस्ता महोत्सवले थप सहयोग पुग्ने बताएका छन् ।
नेपाली खाना महोत्सवको उद्घाटन समारोहमा चिनियाँ पिपूल्स एशोसियसन फर द फ्रेन्डसीपकी उपाध्यक्ष लीन यी, चीनियाँ पर्यटन मन्त्रालयका अधिकारी, संस्कृतिप्रेमीहरू र विश्वविद्यालयका अधिकारीहरू सहभागी रहेको नेपाली दुताबासले जानकारी दिएको छ।
नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि बेर्इजिङमा पहिलोपटक नेपाली खाना महोत्सव अायोजना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया