‘मतदानस्थलमा उम्मेदवारको पर्चा बाँडिएको आरोप, निष्पक्ष नहुने हो भने निर्वाचनको मतलब छैन’

लोकपथ
1.4k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मतदानस्थलमै कसलाई भोट हाल्ने भनेर उल्लेख गरिएको पर्चा सत्ता गठबन्धनले वितरण गर्ने काम भएको भन्दै विरोध गरेका छन् ।

नेपाली कांग्रेसको नीति विपरीत गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका उनले मतदान केन्द्रहरुको निरीक्षणका क्रममा सत्ता गठबन्धनबाट धाँधलीको प्रयासका साथै आचारसंहिता विपरीतका गतिविधि भएको आरोप लगाए ।

‘पर्चा बाँड्दै हिँड्ने काम भएको छ । यो निर्वाचन प्रणालीप्रति वितृष्णा गराउने गरी निर्वाचनको पवित्रतालाई हनन गर्ने र जनताप्रति धोकागढी हो’, उनले सञ्चारकर्मीसाग भने, ’, उनले सञ्चारकर्मीसँग भने, ‘पर्चा बाँड्नेले लोकतान्त्रिक हुँ, जनतालाई सम्मान गर्छु भनेर भन्न मिल्दैन । यो आलोचनाको विषय भएको छ।’

उनले यो विषयमा निर्वाचन आयोगले निदान खोज्नुपर्ने माग गरे । चुनावमा धाँधली गर्न संस्थागत रुपमा प्रयास भएको आरोप लगाउँदै उनले चितवनमा सत्तामा बसेर सत्ताधारीहरुले सत्ताको दरुपयोग गरिरहेको आरोप लगाए ।

रातिराति आचारसंहिता विपरीतका कार्य भएको उल्लेख गर्दै उनले यो अत्यन्त निन्दनीय कार्य भएको बताए । उनले आचारसंहिताको पालना प्रभावकारी नहुने हो भने निर्वाचनको अर्थ नभएको उनले बताए ।

‘जनताको अभिमतमाथि विश्वास छ भने निष्पक्ष र धाँधलीरहित चुनाव हुनुपर्छ’, उनले भने। उनले देशको लोकतन्त्रलाई ठीक ठाउँमा लैजाऔँ भनेर आफूले अभियान चलाएको र जनताले गर्ने निर्णयलाई मान्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?