मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्

लोकपथ
567
Shares

कपिलवस्तु । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् ।
देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?