भोजपुरमा ६ केजी ५ सय ग्राम गाँजा बरामद

जिल्ला प्रहरी कार्यालय, भोजपुरले भोजपुर नगरपालिका १० मा   लुकाएर राखेको ६ केजी ५ सय ग्राम तयारी गाँजा बरामद गरेको छ ।

भोजपुरका डीएसपी केशवकुमार थेवेको कमाण्डमा खटिएको प्रहरी टोलीले कोमलशोभा राईको गाँजा बरामद गरेको हो । १४ रोपनी क्षेत्रफल भएको मकैबारी भित्र लगाइएको गाँजा र साही ठाउँका रामकुमार राईको मकैबारीमा रहेको १ सय २ बोट गाँजाहरु स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा प्रहरीले नष्ट गरेको छ ।

प्रहरीले कोमलशोभा राईलाई पक्राउ गरी अनुसन्धानका हिरासतमा राखेको छ ।

यस अघि पनि भोजपुर प्रहरीले गाँजा खेती नष्ट गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?