विवेक प्रयाेग गरेर मतकाे सदुपयाेग गर्न दाहालकाे आह्वान

लोकपथ
208
Shares

भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेणु दाहालले सोचविचार र विवेकको प्रयोग गरेर मतको सदुपयोग गर्न आह्वान गरेकी छन् ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेकी माओवादी नेतृ दाहालले बिहान मतदान पश्चात पत्रकारसँग कुरा गर्दै
आमभरतपुरवासीमा उत्साह देखेको बताएकी हुन् । ‘भयरहित वातवारणमा मतदान प्रक्रिया अगाडि बढ्ने विश्वास छ,’ उनले भनिन् ।

‘म उत्साहित छु, पहिलो कार्यकालको मूल्यांकन र भरतपुरको आगमी समृद्धिको खाका लागि पनि मेराे उम्मेदवारी हाे । समग्र मूल्यांकन जनताले गर्नेछन् । सोचविचार र विवेकको प्रयोग गरेर मतको सदुपयोग गर्नुहाेला,’ उनले भनेकी छन् ।

उनले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?