निल्न लागेको पानीपुरी कतै रोगपुरी त हैन ? होस गर्नुस है !

काठमाडौ : राजधानी मात्रै होइन प्रायः जसो देशभरिकै शहरबजारमा पानीपुरी रमाइ रमाइ खानेहरू हेर्न पाइन्छ । सडक छेउका खाजा पसलहरूमा मात्रै होइन ठेलागाडामा पनि पानीपुरी बेच्नेहरू सजिलै देख्न सकिन्छ । तर त्यो पानीपुरी कत्तिको स्वस्थ्यकर छ त्यसको ठेगान बारे खानेहरूलाई प्रायः हुन्न् ।

पानीपुरी भारतका भिन्न प्रान्तमा फैलिएपनि यो उत्तरप्रदेश तथा बिहारबाट फैलिएको अनुमान गरिन्छ । पुरी कचौडीको सानोरूप पानीपुरी बनेको हुन सक्ने विज्ञहरूको बुझाइ छ ।

सडक छेउछाउ ठेलागाडा वा टोकरी टाउकोमा राखेर बेच्नेहरूले यसबाट जीविका चलाउने गरेको पाइन्छ । तर यसबाट रोग सर्न सक्ने मुख्य कारण पानी रहेको छ । पानीमा भिन्न प्रकारको मसला मिलाई बनाइएको झोलबाट रोग सक्रमण हुन सक्ने डा. प्रेमनारायण श्रीवास्तवको भनाइ छ ।

यस्तै अध्ययन भारतको गुजरातमा पनि गरिएको छ । गुजरातको बडोदरा नगर निगमले अध्ययन गरी पानीपुरीको बिक्रीमा बन्देज लगाएको छ । यो बन्देजको त्यहाँ व्यापक बहस शुरू भएको छ ।

बडोदारा नगर निगमले गरेको  अपर्झट जाँचबाट ग-यो ।५० पानीपुरी बनाउने ठाउँको चेकजाँच गरी २००० किलो पानीपुरी,३३५० किलो आलु चना र १२०० लिटर पानी जफत गरी फालिएको थियो ।

अस्पतालमा झाडा पखाला र बान्ताका बिरामीको चाप बढेपछि पानीपुरीको जाँच गरिएको थियो । पानीपुरीबाट रोग संक्रमण भएको फेला परेपछि नगर निगमले यसको बिक्रीमा रोक लगाउने निर्णय गरेको जनाइएको छ ।

यो चेकजाँचका लागि राजधानी दिल्लीबाट विज्ञहरूको टोली पठाइएको थियो । सडक छेउछाउ बिक्रीमा प्रतिबन्ध लगाउने निर्णयको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको पाइएको छ ।

“सरकारले जति तत्परता सडक छेउछाउको खानेकुराको सम्बन्धमा दर्शाएको छ त्यति तत्परता समस्या समाधानका लागि देखाएको भए  समाजको कायाकल्प हुने थियो”जस्ता ट्विट गरिएका छन् । कतिपयले जेनतेन गुजारा चलाउनेहरूको रोजीरोटी छिनेर ठूलाबडा व्यापारीको थालीमा राख्ने योजना रहेको आलोचना पनि गरिएको छ ।

कतिपयले पानीपुरी घरमै लगेर खाँदा पनि हुने सल्लाह दिन्छन् । तर पानीपुरी रमाइ रमाइ खानेहरूका लागि यो सल्लाह उचित छैन् । उनीहरू भन्छन् “सडकमा रमाइ रमाइ खाने मजा घरमा हुँदैन् ।”
पानीपुरीको पहिचान भिन्न भिन्न ठाउँमा भिन्न भिन्न रहेको पाइन्छ ।

बंगलामा यसलाई फुचका, गुजरात र महाराष्ट्रमा पानीपुरी,मध्यप्रदेशमा पानी बताशा, उत्तर प्रदेशमा फुलकी, बिहारमा गुपचुप नामले चिनिन्छ ।

चिकित्सकहरूका अनुसार स्वस्थ्य पानीपुरी भएन भने यसबाट झाडा पखाला, आउँ र टाइफाइडजस्ता पेटको रोग हुन सक्छ ।

 यो धेरै पुरानो प्रचलनमा रहेको पाइदैन् । सय डेढ सय वर्ष पुरानो पानीपुरीको इतिहास रहेको खानपानमा जानकारी राख्ने भारतीय विज्ञ पुष्पेश पन्तको भनाइ रहेको छ । पिठो र सुजीबाट बनाइने र अमिलो पिरो नुनिलो पानीको झोल राखेर खाइने यो पानीपुरीको मजा लिँदा स्वास्थ्यको ध्यान दिनु उत्तिकै आवश्यक भएको डा. श्रीवास्तवको भनाइ रहेको छ ।

बडोदरा नगर निगमको निर्णयलाई हास्यमा उडाएर नभइ यसको उचित बिक्री वितरणको प्रवन्ध मिलाउने तर्कसँग डा. श्रीवास्तव सहमत देखिन्छन् ।

(बीबीसी हिन्दीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?