माथिल्लो तामाकोशीको शेयरका लागि अायोजना प्रभावितलार्इ ३ भागमा छुट्यार्इयो

काठमाडाैं : माथिल्लो तामाकोशी जलविधुत अायोजनाले दोलखास्थित अायोजना प्रभावितलार्इ ३ भागमा छुट्याएर साधारण शेयर (अार्इपीअो) वितरण थालेको छ । 

अायोजनाले बुधबारदेखि भदाै १४ गतेसम्म अावेदन दिन पार्इने गरि १ करोड ५ लख ९० हजार कित्ता अार्इपीअो निष्काशन गरेको हो । दोलखाबासीले न्यूनतम ३० देखि २ सय कित्तासम्म शेयर लगानी गर्न पाउनेगरि अायोजनाले १ अर्ब ५ करोड ९० लाख रूपैयाँ बराबरको शेयर अावेदन खुलाएको हो ।

सवै दोलखाबासीले शेयर भर्न पाउने बताएपनि अायोजनाले जिल्लाबासीलार्इ ३ भागमा बर्गीकरण गरेर शेयर अावेदन बुझिरहेको छ । अायोजना निर्माणस्थल साविकको लामावगर र गाैरीशंकर गाविसका नागरिकलार्इ 'क' वर्ग, अायोजनाको प्रवेशमार्ग र प्रसारणलार्इन निर्माण भएका स्थानका नागरिकलार्इ 'ख' वर्ग र अायोजनाको प्रवेशमार्ग एवं प्रसारणलार्इनले नछोएका जिल्लाका अरू भागलार्इ 'ग' वर्गमा विभाजन गरिएको छ । 

यही प्राथमिकताका अाधारमा शेयर वितरण हुने अायोजनास्रोतले जानकारी दिएको छ । शेयर वितरण गर्दा प्राथमिकीकरण गर्न सहज होस भनी अायोजनाले 'क' वर्गका जिल्लाबासीलार्इ हरियो, 'ख' वर्गकालार्इ निलो र 'ग' वर्गकालार्इ कालो अावेदन फारम वितरण गरेको छ । 

यस्तै, काठमाडाैंमा रहेका दोलखाबासीहरूले सनरार्इज बैंकका विभिन्न १० वटा शाखाबाट अायोजना प्रभावितको हैसियतले शेयर अावेदन दिन पाउने भएका छन् । विदेशम रहेका दोलखालीले पनि माथिल्लो तामाकोशी अायोजना, नागरिक लगानी कोष र सनरार्इज क्यापिटलको वेभसार्इटबाट फारम भरेर बुझाउन सक्ने व्यवस्था अायोजनाले मिलाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?