हेराैँ आजका टप फिप्टिन हेडलाइन्स (भिडियाेसहित)

लोकपथ
156
Shares

१  भोलि निर्वाचन, देशैभर मतदान हुने, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगद्वारा जानकारी

२  काठमाडौं महानगरमा १५६ मतदान केन्द्र र ३६३ बुथबाट मतदान हुँदै, मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने

३  प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध आचारसंहिता उल्लंघन गरेको उजुरी दर्ता, निर्वाचन आचारसंहिताको परवाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गरेको आरोप

४  आजदेखि लगातार ६ दिन शैक्षिक संस्था बन्द रहने, निर्वाचनका लागि सामुदायिक विद्यालयमा मतदान केन्द्र राखिएपछि बालबालिकाको पठनपाठनमा असर

५  निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट १ लाख ४२ हजार यात्रु बाहिरिए, सुनसान बने काठमाडौं उपत्यकाका सडकहरु

६  निर्वाचन आयोगले सोध्यो विद्यालयका प्रधानाध्यापकदेखि माओवादी अध्यक्ष प्रचण्डसम्मलाई स्पष्टीकरण, कारबाही भने फितलो

७  निर्वाचन सुरक्षा खटिएका वरिष्ठ सईले मदिरा शेवन गरी कुटे मतदान अधिकृत, म्यादी प्रहरी र गाउँले, कुटपिट गर्नेलाई नियन्त्रणमा लिइ कारबाही प्रक्रिया सुरु गरियो

८  पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच जना कांग्रेसबाट निलम्बित, गठबन्धनका उम्मेदवारहरुलाई असहयोग गरेको आरोप

९  पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले गरे मतदान केन्द्रको निरीक्षण, मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया

१०  दोलखामा १२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ, निर्वाचन कसुरअन्तरगत कारबाही चलाउन प्रक्रिया अघि बढाइयो

११  मुगुमा कांग्रेस र माओवादी कार्यकर्ताबीच विवाद, प्रहरीद्वारा ११ राउन्ड हवाई फायर

१२  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने, भ्रमणको बेला दुई देशका प्रधामन्त्रीले संयुक्त रुपमा सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास गर्ने कार्यक्रम

१३  रुसलाई प्रतिबन्ध लगाउने विषयमा जर्मन चान्सलरसँग जेलेन्स्कीको वार्ता, वार्ताका क्रममा रक्षात्मक सहायता, ऊर्जा क्षेत्रमा सहयोग र रुसमाथि बढ्दो प्रतिबन्धहरूबारे छलफल

१४  युरोपियन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उमा कुङफु टोली इङल्यान्ड जाने, मे १५ मा हुने खेलमा सञ्जय र भुपेन्द्र स्वर्ण जित्ने अपेक्षा

१५  इन्डियन प्रिमियर लिग ९आईपीएल० टी९ट्वान्टी क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङस र मुम्बई इण्डियन्स भिड्दै, पुछारका दुई टोली आज जित निकाल्दै अंक तालिका सुधार्ने दाउमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?