टेकअफमा समस्या आएपछि रनवेबाहिर गएको जहाजमा आगलागी

लोकपथ
5.1k
Shares

काठमाडौं । आज (बिहीबार बिहान) चीनमा तिब्बत एयरलाइन्सको जहाजमा आगो लागेको छ।

स्थानीय समयअनुसार बिहान आठ बजे एयरबस ए ३१९ जहाजमा आगलागी भएको चोङकिङ जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थललाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ।

दक्षिण पश्चिमी सहर चोङकिङको विमानस्थलबाट एयरबस ए ३१९ जहाजमा टेकअफ गर्न लाग्दा समस्या आएको थियो।

समस्या देखिएपछि चालकले जहाजलाई टेकअफ हुनबाट रोकेका थिए। जहाज रनवेबाट बाहिर निस्किएपछि आगलागी भएको थियो।
जहाजमा ११३ यात्रु र नौ जना चालक दलका सदस्य थिए। ३६ जनालाई सामान्य चोटपटक लागेको र उपचारका लागि स्थानीय अस्पताल लगिएको चीनको नागरिक उड्डयन प्रशासनले जनाएको छ।

चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटना भएको दुई महिना नपुग्दै फेरी यो घटना भएको हो। चाइना इस्टर्नको बोइङ ७३७(८०० जहाज मार्च २१ मा दुर्घटना भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?