काठमाडौं–सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् । अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा बस्यो हाजिर ग¥यो गफगाफ ग¥यो अनि फर्कियो ।
साउन १ गतदेखि गठन भएको केन्द्रमा सहसचिव खगेन्द्र नेपाल, टेकनारायण पाण्डे, दीपक शर्मा र चूडामणि पौडेललाई उपमहानिर्देशकको जिम्मा दिइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवलाई उपमहानिर्देशकको पत्र दिए तापनि के काम गर्ने तोकिएको छैन । ‘हामीले पद त पायौं तर काम पाएका छैनौं’, एक उपमहानिर्देशकले भने– ‘यस्तो अवस्थामा कसरी काम गर्ने रु’
उपमहानिर्देशक मात्रै होइन, केही उपसचिवलाई निर्देशकको समेत जिम्मेवारी दिइएको छ । लगातार पद बाँड्दै पत्र बुझाउने मन्त्रालयले काम नदिँदा अहिले नयाँ गठन भएको केन्द्र भद्रगोल छ ।नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया